आकाशेधारामा ट्याक्टर, ट्याक्सी र स्कुटर एकआपसमा ठोकिए



२३ अषाढ २०७६, काठमाडौं

काठमाडौंको आकाशेधारामा स्कुटर, ट्याक्टर र ट्याक्सी एकआपसमा ठोकिएका छन् ।

आकाशेधारा चोक उकालोमा रोकिएर राखिएको बा ३ ख ९३२१ नम्बरको ट्याक्टर आफै गुड्दै आएपछि बा २ ज १६३८ नम्बरको ट्याक्सी र ००५ प ३१४९ नम्बरको स्कुटर बाटो काट्ने क्रममा एकआपसमा ठोकिएका हुन् ।

बिहानैदेखि उकालोमा रोकेर राखिएको ट्याक्टर आफै हुत्तिएको र आफै गुडेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्याक्टरको चालक भने सम्पर्कविहीन रहेको बताइएको छ ।

ट्याक्सीको अगाडिको सिसा फुटेको छ, स्कुटर भने ट्याक्टरमुनि परि पूर्ण रुपमा नचल्ने भएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ । ट्याक्टर कसको हो भनेर पत्ता लगाइसकिएको छैन ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्