मलाइकासँगको विवाह बारे पहिलो पटक अर्जुनले मुख खोले



२२ असार २०७६, काठमाडौँ

मलाइका र अर्जुन लामो समयदेखि प्रेमसम्बन्धमा छन् । यी दुईले आफ्नो प्रेम सम्बन्ध स्वीकारेका थिएनन् । तर अहिले भने यी दुवैले आफूहरु प्रेममा भएको स्वीकारेका छन् । यस्तै मलाइका र अर्जुन चाडैँ विवाह गर्दै भन्ने हल्ला लामो समयदेखि चलिरहेको छ ।

अर्जुनले  पहिलोपटक आफ्नो विवाहबारे बोलेका छन् । उनले आफ्नो र मलाइकाको विवाह हुने खबर झुटो भएको बताएका छन् । अर्जुनले अहिले मलाईका र आफू प्रेममा नै खुसी भएको पनि बताएका छन् । अहिले यहि रिलेसनमा रमाउने र केही समय पछि मात्र विवाह गर्ने योजना रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्