‘कपिल शर्मा शो’ बाट केही समयका लागि ब्रेक लिइरहेका छन् कपिल, गर्भवती श्रीमतीको लागि छोडे शो



२२ असार २०७६, काठमाडौँ

कपिल शर्मा  चर्चित कमेडियन हुन् । उनले लामो समयदेखि द कपिल शर्मा शो चलाउँदै आएका छन् । उनको शो लाई दर्शकले निकै रुचाउने गरेका छन् । तर अब उनी केही समयको लागि कपिल शर्मा शो बाट रेष्ट लिने भएका छन् ।

प्राप्त जानकारी अनुसार उनी चाडै नै पिता बन्दैछन् । उनकी श्रीमती ४ महिनादेखि गर्भवती छिन् । त्यसैले यस्तो अवस्थामा कपिल केही समय आफ्नी श्रीमतीसँग बिताउन चाहन्छन् । कपिल केही समयको लागि आफ्नी श्रीमती गिन्नीसँग क्यानडा जाने भएका छन् । क्यानडाबाट फर्किएपछि उनी पुनः कपिल शर्मा शो मा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्