आज बलिउडका स्टार रणवीर सिंहको जन्मदिन, कति बर्षका भए त उनी ?



२१ असार २०७६, काठमाडौँ

रणवीर सिंह बलिउडका स्टार हुन् । बलिउडमा उनको आफ्नो छुट्टै क्रेज छ । रणवीर यतिबेला चलचित्र ८३ मा व्यस्त छन् । आज रणवीरको जन्मदिनको अवसर पारेर चलचित्र ८३ ले आफ्नो पहिलो पोष्टर सार्वजनिक गरेको छ ।

रणवीर सिंह बलिउडमा आएको धेरै समय भैसकेको छ । उनले बलिउडमा थुप्रै सुपरहिट फिल्महरु दिइसकेका छन् । दिपिकासँग विवाह गरेपछि भने कमै चलचित्र मात्र साइन गरेका छन् । आज रणवीरको जन्मदिन परेकाले उनलाई उनका फ्यानहरुले शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि रणवीरलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्