ब्वाइफ्रेन्डको मृत्यु पछि दु:खी हुदैँ लेखिन त्रिशालाले यस्तो भावुक स्टाटस



२१ असार २०७६, काठमाडौँ

सञ्जय दत्तकी छोरी त्रिशाला दत्तले आफ्नो इन्स्टाग्राममा अचानक एक तस्बिर र स्टाटस लेखेपछि सबैलाई अचम्भित पारेकी छन् ।

त्रिशालाले इन्स्टाग्राममा आफ्ना ब्वाइफ्रेन्डको मृत्यु भएको कुरा सार्वजनिक गरेकी हुन् ।

यसअघि उनका ब्वाइफ्रेन्डबारे खासै चर्चा थिएन । तर उनको मृत्यु पछि उनले ब्वाइफ्रेन्डलाई श्रद्धाञ्जली दिँदै भावुक स्टाटस समेत लेखेकी छन् । उनको मृत्यु कसरी भयो भन्ने कुरा भने सार्वजनिक भएको छैन ।

त्रिशालाले लेखेकी छन्, ‘मेरो दिल टुट्यो, मलाई प्रेम गरेकोमा, मेरो सुरक्षा गरेकोमा र मेरो ख्याल राखेकोमा तिमिलाई धन्यवाद १ तिमिले मलाई जिन्दगीमा यति खुसी राख्यौ कि जति मैले पहिले कहिल्यै पाएको थिइन । तिमिसँग हुँदा म संसारकै खुसी केटी थिएँ । धन्य महसुश गरेकी थिएँ । तिमि सधैँ मेरो अन्तहृदयमा जीवित रहनेछौ । म तिमिलाई सधैँ प्रेम गरिरहने छु । सधैँ तिमिलाई मिस गर्ने छु । अर्को पटक नभेटुन्जेलसम्म ।’

प्रतिक्रिया दिनुहोस्