साहित्यकार प्रयासको पहिलो उपन्यास  ‘प्राञ्जल’ लोकार्पण



२० अषाढ २०७६, काठमाडौं

युवा साहित्यकार प्रयास दुमी राईको पहिलो उपन्यास ‘प्राञ्जल’ लोकार्पण भएको छ ।

उपन्यास शुक्रबार काठमाडौं अनामनगरस्थित मण्डला नाटकघरमा लोकार्पण भएको हो ।

मूलबाटो प्रतिष्ठान नेपालद्वारा आयोजित विमोचन समारोहमा कवयत्री प्रगति राई, कवि स्वप्निल स्मृति, युवा विश्लेषक प्रभात राई लगायतले उपन्यास ‘प्राञ्जल’ विमोचन गरेका हुन् ।

पूर्व खोटाङमा जन्मिएर साहित्यकार राईले यसभन्दा अगाडि पनि नाटक, कथा, गजल तथा फुटकर कविताहरू लेखिसकेका छन् ।

कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार तथा अन्य पाठकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारः

साहित्यमा ‘प्रयास’का प्रयासहरुले सार्थकता पाउँदै !(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्