ज्योति मगरको प्रश्न, ‘हाम्रो संस्कारमा बिहेअघि केटी कुमारी हुनुपर्छ रे अनि केटा चैँ कुमार नभए पनि हुन्छ किन ?’



२० असार २०७६, काठमाडौँ

ज्योति मगरले आफ्नो छवि चर्चित लोकगायिकाको रुपमा बनाएकी छिन् । उनको आवाज निकै मिठो छ र उनले धेरै सुपरहिट लोकगीत गाइसकेकी छिन् । तर उनी आफ्नो आवाजका कारण भन्दापनि अनेक हर्कतका कारण चर्चामा आउने गर्छिन् ।

कार्यक्रममा पनि धेरै युवाहरु ज्योतिको प्रस्तुती हेर्न नभएर उनको फेसन हेर्न आउने गरेको आरोप ज्योतिलाई लागेको छ । तर ज्योतिले यो गलत भएको बताएकी छिन् । यस्तै ज्योति कहिलेकाहीँ उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका स्टाटसका कारण पनि चर्चामा आउने गरेकी छिन् । अहिले पनि ज्योति आफ्नो एक स्टाटसका कारण चर्चामा छिन् ।

ज्योतिको स्टाटस जस्ताको तस्तै–

“हाम्रो सस्कार मा बिहे अगाडी केटी कुमारी हुनु पर्छ तर केटा कुमार नभय पनी हुन्छ अनि केटा कुमार नरहन लाई के गर्छन होला ? यसो सोच्दा त बैबाहिक पुरुष हरु ले पो बलिदान दिनु पर्ने हुन्छ त सस्कार अनुसार त नत्र गणित को हिसाब नै नमिल्ने भयो के।१८ बर्ष माथी का ले कमेन्ट गरुम होइ।।”

प्रतिक्रिया दिनुहोस्