१९ बर्षमै छोरी सुहानाले स्नातक गरेपछि शाहरुखले भने : ‘छोरीमाथि संसारले गर्व गर्नेछ’



२० असार २०७६, काठमाडौँ

शाहरुख खानकी छोरी सुहाना खानले मात्र १९ बर्षको उमेरमा आफ्नो स्नातकसम्मका पढाई पुरा गरेकी छिन् । उनले सानो उमेरमा नै धेरै प्रगति गरेकी छिन् । अहिले सुहानालाई बधाई दिनेको ओइरो नै लागेको छ ।

सुहानाले लण्डनको आर्डिगली कलेजबाट स्नातकको उपाधी प्राप्त गर्न सफल भएकी छिन् । साथै उनले नाटक संघायमा असाधारण योगदान दिएका कारण प्रतिष्ठा पत्र पनि प्राप्त गरेकी छिन् ।

अहिले सुहानाका आमाबुबा शाहरुख र गौरीको खुसीको सिमाना नै छैन । शाहरुखले सामाजिक सञ्जालमा आफ्नो र छोरीको तस्बिर पोष्ट गर्दै उनीप्रति निकै गर्व महशुस भएको बताएका छन् । यस्तै गौरीले पनि आज छोरीले यति धेरै प्रगति गरेकोमा आफू निकै खुसी भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्