किन लिइन् जाइराले बलिउडबाट सन्यास ?



१९ असार २०७६, काठमाडौँ

जाइरा वासिम सन् २०१६ मा अमिर खानसँग सुपरहिट चलचित्र दङ्गलमा अभिनय गरेपछि उनी चर्चामा आएकी हुन्। उनले दङ्गलको भूमिकाका लागि भारतको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार समेत जितेकी थिइन्।

उनको बलिउड छाड्ने कुराले उनका फ्यानहरु निकै चिन्तित छन् ।

जाइराले बलिउड छाड्नुको मुख्य कारण आफ्नो निष्ठा र धर्ममाथि नै हस्तक्षेप भएको उल्लेख गरेकी छिन् ।

‘आफ्नो आत्मासँग लामो समय लडाइँ लड्नुपर्ने यो यात्रा थकानपूर्ण रह्यो’, उनले आइतवार फेसबुकमा लेखेकी छन्।

भारतीयहरूले उनको निर्णयमाथि तुरुन्तै प्रतिक्रिया दिएका छन् । त्यस पछि उनले ‘जब मैले यहाँको कुरा बुझ्न थालेँ र मैले मेरो समय, मिहेनत र भावना दिएको कुराहरूको अर्थ खोज्न थालेँ एवम् नयाँ जीवनमा भिज्न प्रयास गरेँ तब बल्ल मलाई थाहा भयो कि म सायद यहाँ अटौँला तर यो मेरो स्थान होइन’, लेखिन ।

प्रतिक्रिया दिनुहोस्