भारतको ३ सय स्थानमा ‘जीम सेन्टर’ खोल्दै सलमान खान



१९ असार २०७६, काठमाडौँ

बलिउड स्टार सलमान खान फिटनेशको मामिलामा सधैँ अगाडी आउँछन् । उनी फिटनेशमा कत्तिको ध्यान दिन्छन् भनेर त उनको ज्यान हेर्दा नै थाहा हुन्छ । सलमानको बडी देखेर धेरै जना कलाकार जिम जान थालेको पनि बताइन्छ ।

यस्तै सलमानले अब भारतको ३०० स्थानमा जिम सेन्टर खोल्ने भएका छन् । सलमानले २०२० मा जिम सेन्टर खोल्ने बताएका छन् । यसले उनले मानिस पनि फिट हुने र धेरैले रोजगार पनि पाउने बताएका छन् । उनले सम्पूर्ण भारतलाई नै फिट राख्नको लागि जिम सेन्टर खोल्न लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्