विवादमा आएपछि ‘धानवाली’ ले भनिन् : ‘बलिउड र हलिउडका नायिकाको नाङ्गो फोटो हेर्ने नेपालीले मलाई किन गाली गर्ने ?’



२० असार २०७६, काठमाडौँ

असार १५ अर्थात धान दिवसको दिन एक मोडलले तहल्का मच्चाएकी थिइन् । उनले आफ्नो गोप्य अंगमा धान रोप्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । एकैछिनमा उनको भिडियो निकै भाइरल हुन पुग्यो ।

धेरैले उनलाई बिकृति फैलाएको भन्दै गाली पनि गरे । उनी अहिले त्यहि कुराले विवादमा पनि आइरहेकी छिन् । विवादमा आएपछि धानवाली पहिलो पटक मिडियामा आएकी छिन् । उनले आफूले बिकृति फैलाउने काम नगरेको बताएकी छिन् । अझ उनले त दर्शकप्रति नै आक्रोश पोखेकी छिन् ।

उनले बलिउड, हलिउडका कलाकारको नेकेट फोटो गुगलमा सर्च गरी हेर्ने नेपालीले आफूले त्यति गरेको कुरामा विवाद गर्नु उचित नभएको बताइन् । उनले बलिउड र हलिउडका नायिकाको नाङ्गो तस्बिरलाई पचाउने नेपालीले आफूले शरीरमा धान रोपेको कुरालाई लिएर विवाद गर्न जरुरी नभएको बताइन् । त्यतिमात्र नभएर उनले आफूलाई कुनै गल्ती गरेको जस्तो महशुस नभएकाले कसैको डर पनि नभएको बताएकी छिन् । उनले उक्त फोटोसुट आफूले मात्र नभएर आफ्ना अग्रजको सल्लाहले गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्