‘गलबन्दी’ की सोझी अञ्जलीको प्रेमी ब्रिटिश आर्मी !



१७ असार २०७६, काठमाडौँ

अञ्जली अधिकारी पछिल्लो समयकी निकै व्यस्त मोडल हुन् । उनी धेरैजसो लोकदोहोरी गीतमा देखिने गर्छिन् । त्यसबाहेक उनी देश तथा विदेशका सांस्कृतिक कार्यक्रममा पनि निकै व्यस्त छिन् । अञ्जली भन्ने बित्तिकै सबैले बोल माया र गलबन्दी गीतलाई नै सम्झन्छन् ।

अञ्जली अहिले तीजका गीतमा धेरै व्यस्त छिन् । यस्तै अञ्जलीले पहिलो पटक मिडियामा आफ्नो प्रेमी खुलाएकी छिन् । अञ्जलीलाई एक अन्तवार्तामा र्यापिड फायर भन्ने गेम खेलाइएको थियो । जहाँ अञ्जलीले एक वाक्यमा प्रश्नको जवाफ दिनुपर्ने थियो ।

अञ्जलीलाई तपाईको क्रस को भन्दा उनले  हाँस्दै छ एउटा ब्रिटिश आर्मी भनेकी थिइन् । त्यस्तै उनले आफ्नो पहिलो प्रेम १० कक्षामा पढ्दा भएको पनि बताइन् । अहिले अञ्जलीको उक्त अन्तवार्ताले युट्युबमा स्थान बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्