म्यूजिक भिडियोकी ‘क्वीन’ अलिशालाई चलचित्रबाट अफर नै आउँदैनन् या उनी चलचित्र नै खेल्न चाहन्नन् ?



अलिशा राई म्यूजिक भिडियोकी क्वीन हुन् । उनी एकपछि अर्को म्यूजिक भिडियोमा निरन्तर व्यस्त भैरहेकी छिन् । अलिशाको डिमाण्ड म्यूजिक भिडियोमा निकै रहेको  छ । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ ।

अलिशा चलचित्र लुट २ मा देखिएकी थिइन् । तर नायिकाको रुपमा भन्दापनि उनले चलचित्रमा ठमेल बजार बोलको गीतमा गरेको आइटम डान्सले उनको भाग्य बदल्यो । अलिशालाई उक्त गीतबाट नै दर्शकले चिन्न थालेका हुन् । ठमेल बजार गीतलाई अलिशाको करियरको टर्निङ प्वाइन्ट भन्दापनि खासै फरक नपर्ला ।

अलिशा अहिले देशविदेशका कार्यक्रममा र म्यूजिक भिडियोमा व्यस्त छिन् । तर उनी चलचित्रमा त्यति जम्न सकेकी छैनन् । उनलाई निर्माता निर्देशकले नै नपत्याएका हुन् वा अलिशाले नै चलचित्रमा काम गर्न नचाहेकी हुन् । तर दर्शकको माग भने अलिशालाई चलचित्रमा हेर्ने नै रहेको छ । अब अलिशाले चलचित्रमा काम गर्लिन् वा नगर्लिन् त्यो हेर्न भने केही समय प्रतिक्षा गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्