कहिले आउछन् त आदित्य नेपाल ?



१६ असार २०७६, काठमाडौँ

पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । केही दिन अगाडि बलिउडकी चर्चित गायिका नेहा कक्कड नेपाल आएकी थिइन् ।

अब भने बलिउडसँगै नेपाली गीत गाएर दर्शक माझ लोकप्रिय बनेका आदित्य नारायण झा नेपाल आउने भएका छन् ।

केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाण्डौका संगीत प्रेमी माँझ प्रस्तुत हुने भएका छन् ।

जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन । उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा नेपाल आउने बताएका छन् । आयोजकले बताए अनुसार उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्नेछन्।

अभिनेता समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् ।

सारेगमपा , खतरा खतरा खतरा र एक्स फ्याक्टरजस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्