१४ असार २०७६, काठमाडौं
प्रियंका कार्कीको क्रेज कुनै समय निकै लोभलाग्दो थियो भने उनी रजतपटकी एक नम्बरकी नायिका पनि मानिन्थ्यो । । उनको माग उच्च थियो । उनी अभिनित फिल्म सजिलै हिट लिस्टमा अट्ने गर्थे । नायिका रेखा थापापछि नायिकाको स्टारडमको खालीठाउँ प्रियंकाले पूरा गर्ने धेरैको विश्वास थियो । तर, उनले आफ्नो क्रेज जोगाइराख्न सकिनन् ।
गुणात्मकभन्दा पनि संख्यात्मक रुपमै हावी देखिन्छिन् प्रियंका । यसले उनको स्टारडम निकै कमजोर बनेको छ ।
अहिले उनको फिल्मलाई लिएर दर्शकमा कुनै चासो देखिन्न । उनी अभिनित फिल्म प्रेम दिवस जेठ ३१ गतेबाट प्रदर्शनमा आएको थियो । तर, फिल्मले आसलाग्दो ब्यापार गर्न सकेन । हालै प्रियंका हेल्लो जिन्दगी फिल्ममा स्वेता खड्काले काम गर्न नसकेपछि भित्रिएकी छिन् ।
अब साँच्चै प्रियंकाको करियर ओरालो लाग्न थालेको नै हो त ? ठूला ब्यानरका फिल्मको प्राथमिकतामा प्रियंका पर्न छाडिन् । धेरैजसो फिल्ममा अतिथिको भूमिका देखिदाँ प्रियंका यसमै सिमित हुने त होइनन् भन्ने पनि सवाल खडा हुन्छ भने दर्शकले नै रुचाउन छाडेपछि फिल्मी यात्रा ओरालो लाग्ने देखिन्छ !