एसईई पास भएसँगै करिश्माले बाबुराम भट्टराईप्रति पोखिन् आक्रोश, भनिन् ‘म बाबुरामको पार्टीमा छैन’



१३ असार २०७६, काठमाडौँ

एसईई परीक्षामा राम्रो अङ्क ल्याएपछि अहिले करिश्मालाई बधाई दिनेको ओइरो नै लागेको छ । करिश्मा आफूलाई सबैले बधाई दिएको देखेर निकै हर्षित पनि छिन् । यस्तै करिश्माले डा् बाबुराम भट्टराईप्रति आक्रोश पनि पोखेकी छिन् ।

करिश्मा कुनै समयमा बाबुरामको पार्टीमा संलग्न थिइन् । उनले चुनावको समयमा बाबुरामलाई मदत पनि गरेकी थिइन् । बाबुराम भट्टराईले २ बर्षको छुट्टीपछि फेरि करिश्मा पार्टीमा फर्किदै भन्ने कुरा गरेको हल्ला चलेपछि करिश्मा आक्रोशित भएकी हुन् ।

उनले आफूले बाबुराम भट्टराईलाई त्यस्तो केही नभनेको बताइन् । उनले आफूले बाबुरामको फोन समेत नउठाउने गरेको बताइन् । उनले बाबुरामले २ बर्षपछि फेरि चुनाव आउँछ अनि आफू उहाँको प्रचार गर्दै हिड्छु भनेको होकी पनि भनिन् ।

उनले आफू त्यस्तो प्रचार गर्दै हिड्ने व्यक्ति नभएको बताइन् । उनले म बाबुराम भट्टराई निकै सम्मान गर्ने भएकाले उहाँको बारेमा धेरै बोल्न नचाहने बताएकी छिन् । उनले आफू बाबुरामको पार्टीमा नभएको पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्