सिद्धार्थ बैंक र CAFODAT कलेज बीच सहुलियत पूर्ण उच्च शिक्षा कर्जा सम्झौता



१० असार २०७६, काठमाडौं

सिद्घार्थ बैंक लिमिटेडले, नेपाल राष्ट्र बैंकको मिति २०७५/०६/११ को “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५” स्वदेशमा नै उच्च शिक्षा हासिल गरी उद्यमी बन्न चाहने, न्युन आर्थिक अवस्था भएका, सीमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै “सिद्घार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा” ल्याएको छ ।

उक्त कर्जाको कार्यान्वयनको लागि सिद्घार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजि (CAFODAT) कलेज बिच बैंकिङ सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं मिनभवनमा रहेको कलेजमा फूड तथा डेरि टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडि हुन आउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिनेछ ।

व्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५ प्रतिशत सहुलियत प्रदान गरिनेछ ।  बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडको सम्पुर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको हो ।

सिद्घार्थ बैंकको चुक्ता पुँजी रु.आठ अर्ब अठ्ठासी करोड रहेको छ भने कुल निक्षेप रु. एक खर्ब चौध अर्ब र कर्जा रु. एक खर्ब सात अर्ब पुगेको छ । बैंकले पुर्व मेची देखी पश्चिम महाकाली सम्म विभिन्न स्थानहरुमा १५६ शाखा, १०० सय शाखा रहित बैंकिङ्ग ९४ वटा एक्स्टेनसन काउन्टर सहित० तथा १ सय ६९ एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्