२० वर्षदेखि तुईन तान्दै आएका बृद्धले पाए यस्तो घर



१० असार २०७६, काठमाडौँ

धादिङ चरौदीस्थित त्रिशूली नदी किनारामा तुईन तान्दै नदी किनारामा नै बस्दै आएका शुक्रबहादुर चेपाङलाई चर्चित हाँस्यकलाकार द्धय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले नयाँ घर हस्तान्तरण गरेका छन् ।

८० बर्षको उमेरमा न्यानो लगाई मिठो खाने उमेरमा पनि तुईन तान्दै जीवन धान्दै आएका चेपाङले चिटिक्क परेको घर पाएर दंग पर्दै खुसी व्यक्त गरेका छन् ।

संचारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगमा उक्त घर चेपाङका लागि बनाइएको हो ।

धादिङ रोराङ गाउपालिका वडा नं.७ मा निर्माण गरिएको उक्त कार्यक्रमको आयोजना गरी उनलाई घर हस्तान्तरण गरिएको हो ।

घर पाएपछि फुरुङ भएका शुक्रबहादुर भन्छन् “पहिले केही पनि थिएन अहिले जग्गा पनि पाए घर पनि पाए । म अब तुईन तान्दिन” ।

प्रतिक्रिया दिनुहोस्