बलिउडका ‘क्युट कपल’ टाइगर र दिशाको ब्रेकअप !



१० असार २०७६, काठमाडौं

बलिउडमा ‘क्युट कपल’ भनेर चिनिने अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनीको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ ।

दुबैले आजका मितिसम्म आफ्नो सम्बन्धका बारेमा सार्वजनिकस्थलमा खुलेर स्विकार नगरे पनि दिशा र टाइगर लामो समयदेखि प्रेम सम्बन्ध कारण चर्चामा छन् ।

हालै मात्र पिंकभिलामा प्रकाशित एउटा रिर्पोटका अनुसार दिशा र टाइगरले छुट्टनिे निर्णय गरिसकेका छन् । दुबैका एक निकटस्थ सुत्रले उक्त कुराको खुलासा गरेका हुन् ।

उनीहरु दुबैले सहमतिमै एक अर्काबाट अलग हुने निर्णय गरेको बताइन्छ । केहि दिनअघि मात्र प्रकाशित एउटा समाचारमा दिशा तथा आदित्य ठाकरेको निकटता बढिरहेको बताइएको थियो ।यध्यपी टाइगर र दिशा अलग हुनु पर्ने कारण यो मानिदैन ।

त्यस्ते, अर्को सुत्रका अनुसार दुबैबीच धेरै अघिदेखि मतभेद थियो, जसलाई उनीहरुले नै सुल्झाइरहेका थिए । अहिले आएर उनीहरुले प्रेमि प्रेमिकाको साटो राम्रो साथीमात्र रहने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्