‘कबीर सिंह’ को बम्पर ओपेनिङ



०९ असार २०७६, काठमाडौँ

बलिउड सुपरस्टार शाहिद कपुर चलचित्र ‘कबीर सिंह’ ले बक्सअफिसमा पहिलो दिन बम्पर ओपेनिङ गरेको छ ।

‘कबीर सिंह’ एउटा लभस्टोरीमा आधारीत चलचित्र हो । यस चलचित्रमा शाहिद कपुर र उनको साथमा कियारा आडवाणीको लिड रोल रहेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले भारनमा ३ हजार १ सय २३ स्क्रिन पाएको छ । यस चलचित्रले पहिलो दिन नै भारतमा २० करोड २१ लाख छापेको छ ।

यस चलचित्रमा शाहिदको अभिनय जबरजस्त रहेको छ । शाहिद कपुरलाई यस चलचित्रमा मेडिकल सर्जक र फुटबल च्याम्पियनको रुपमा देखाइएको छ ।

ओभरसिजमा यो फिल्म ४९३ पर्दामा लागेको छ । बर्ष २०१९ मा सबै भन्दा ठूलो ओपनिङ हासिल गर्ने फिल्मको लिस्टमा शाहिदको फिल्म चोथो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्