सुन्दरी अभिनेत्री दिपिकाका पती रणवीरमाथि लाग्यो चोरीको आरोप



०८ असार २०७६, काठमाडौं

बलिउड अभिनेता रणवीर सिंहमाथि चोरीको आरोप लागेको छ। रणवीरलाई डब्लुडब्लुईका म्यानेजर पल हेमैनले चोरीको आरोप लगाएका हुन्। उनले रणवीरमाथि आफ्नो भनाइ चोरेको आरोप लगाएका हुन्।

हाल इङ्ल्याण्डमा रहेका रणवीरले भारतीय अलराउण्डर हार्दिक पाँड्य सँगको फोटो ट्वीट गर्दै लेखिएको शब्दहरु आफ्नो भएको र रणवीरले चोरी गरेको पलले आरोप लगाएका हुन्।

रणविरको सो ट्वीटमा इट, स्लिप, कन्क्वयेर, रिपिट शब्दहरु उल्लेख छ। पलले लैसनरलाई डब्लुडब्लुईको रिगंमा हरेकपटक उत्रदा यो नाराको प्रयोग गर्दै हौसाउने गर्थे।

प्रतिक्रिया दिनुहोस्