‘गुलाबो सिताबो’ मा देखियो चिन्नै नसकिने अमिताभको नयाँ लुक्स



०७ असार २०७६, काठमाडौँ

बलिउडका चर्चित नायक अमिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’ को छायांकनमा व्यस्त छन् । शुक्रबार महानायक अमिताभको एउटा अवतार सार्वजनिक भएको छ ।

उनको आँउदै गरेको चलचित्र ‘गुलाबो सिताबो’ को फस्ट लुक्स यस्तो देखिएको हो । उनलाई यस लुक्समा सजिलै चिन्न पनि निकै गाह्रो हुन्छ ।

अमिताभको फस्र्टलुक रिलिज भएसँगै फिल्मलाई लिएर दर्शकमा एक किसिमको उत्सुकता बढेको छ । चलचित्रमा अमिताभसँगै आयुष्मान खुरानाको पनि मुख्य भूमिका रहने छ ।

अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म ‘गुलाबो सिताबो’ को यो पहिलो अवतार देखेर दुनियनँ दंग परेका छन् । यस फिल्मा अमिताभले एक घरको मालिकको भुमिका निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्