प्रियंकाले लगाइन् नयाँ स्टाइलको साडी, उडायो दर्शकको होस



०६ असार २०७६, काठमाडौँ

प्रियंका चोपडा निकै हट र बोल्ड नायिकाको रुपमा परिचित छिन् । उनी बेला बेलामा चर्चा र आलोचनामा आउने गर्छिन् । प्रियंका धेरैजसो आफ्नो पहिरनको कारण विवादमा आउने गरेकी छिन् । अहिले पनि एक तस्बिरका कारण उनी सामाजिक सञ्जालमा भाइरल छिन् ।

प्रियंकाको अमेरिकाको एक शो मा बिना ब्लाउज साडी लगाएकी थिइन् । उनले उक्त साडीमा डान्स पनि गरिन् । उनले अंगप्रदर्शन गर्न खोजेको भन्दै अहिले चारैतिर उनको आलोचना भैरहेको छ । उनलाई विवाहपछि धेरै नै ओपन हुन थालेको बताइएको छ । प्रियंका आफ्नो पहिरनका कारण विवादमा आएको यो पहिलो पटक होइन । त्यसैले उनले यस विषयमा चासो दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्