आफ्ना सासूससुराप्रति आभारी प्रियंका, लेखिन् यस्तो मनछुने स्टाटस



०४ असार २०७६, काठमाडौँ

बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा विवाहपछि निकै नै खुसी छिन् । उनले आफ्ना अमेरिकन प्रेमी निक जोनसँग २०१८ डिसेम्बरमा विवाह गरेकी थिइन् । उनी विवाहपछि निकसँग अमेरिकामा बस्दै आएकी छिन् । प्रियंका मिडियामा खुब छाउने सेलिब्रेटिमा पर्छिन् ।

अहिले प्रियंकाले आफ्ना सासूससुराको लागि लेखेको स्टाटसले चर्चा पाइरहेको छ । फादर्स डे को अवसरमा नायिका प्रियंका चोपडाले आफ्नो ससुरासँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आफूलाई सासूससुराले छोरीको जस्तै व्यवहार गरेकोमा आभार व्यक्त गरेकी छिन् । उनको र निकको सम्बन्धलाई लिएर निक परिवार खुसी नभएको चर्चा चलेको थियो । तर प्रियंकाको स्टाटस यो कुरा गलत भएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्