‘नाई नभन्नु ल’ बन्यो नयाँ प्रतिभा जन्माउने श्रृङ्खला



०४ असार २०७६, काठमाडौँ

विकासराज आचार्य निकै चर्चित र उत्कृष्ट निर्देशकको रुपमा परिचित छन् । उनले चलचित्र नशिव आफ्नो बाट निर्देशन यात्रा सुरु गरेका थिए । त्यसपछि उनले रिदम चलचित्र बनाए । तर उनलाई नयाँ पहिचान भने चलचित्र नाई नभन्नु ल नै दियो । चलचित्र नशिव आफ्नो को एक गीतबाट उनले चलचित्रको नाम सापटी लिएका थिए ।

नाई नभन्नु ल चलचित्रलाई दर्शकले निकै रुचाएका थिए । नाई नभन्नु ल पछि विकासले यसका ५ सिरिज बनाइसकेका छन् । विकासको खुबी के छ भने उनले नाई नभन्नु ल को हरेक सिरिजमा नयाँ कलाकारलाई जन्म दिएका छन् । नाई नभन्नु ल २ मा विकासले अहिलेकी चर्चित नायिका बर्षा सिवाकोटी, बालकलाकार सुज्ञानी भट्टराई र गायक प्रेम परियारलाई यो क्षेत्रमा भित्राए भने अनुभव रेग्मीले पनि यसै चलचित्रबाट दर्शकको माया बटुले ।

नाई नभन्नु ल ३ मा भने पुराना कलाकारकै वर्चस्व बढी थियो । नाई नभन्नु ल ४ पनि विकासले ३ नयाँ कलाकारलाई भित्राए । जो अहिलेका निकै व्यस्त र चर्चित नायक नायिका बनिसकेका छन् । नाई नभन्नु ल ४ बाट पल शाह, बर्षा राउत र आँचल शर्माले यो क्षेत्रमा पाइला चालेका थिए ।

विकासले नाई नभन्नु ल ५ मा पनि नयाँ कलाकारलाई भित्राए । नाई नभन्नु ल ५ की मूख्य पात्र सेड्रिना शर्मा र नवनायक अभिषेक नेपाल यो चलचित्रबाट नै यस क्षेत्रमा आएका हुन् । अहिले सेड्रिना निकै लोकप्रिय बालकलाकारको रुपमा परिचित छिन् । यस्तै विकासले यसै चलचित्रमार्फत समिक्षा अधिकारीलाई पनि गायनको लागि अवसर दिए । उनले यस चलचित्रको लागि गाएको तिम्रो मायाले बाधेर राख बोलको गीतले निकै चर्चा पाएको थियो ।

विकासले जतिपनि कलाकारलाई यो क्षेत्रमा ल्याए सबै अहिले निकै सफल छन् । नाई नभन्नु ल का कुनैपनि सिरिज फ्लप पनि भएका छैनन् । नाई नभन्नु ल लाई नयाँ कलाकार जन्माउने श्रृङ्खलाको रुपमा पनि हेर्न सकिन्छ । विकासले यस चलचित्रको सिरिज मार्फत धेरै कलाकारको करियर बनाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्