‘गलबन्दी’ गीतको विवादले लियो भयानक रुप ! शम्भू राई भन्छन् : ‘प्रकाश सपूतलाई मुद्दा हाल्छु’



०४ असार २०७६, काठमाडौँ

प्रकाश सपूतको गलबन्दीले सर्वाधिक चर्चा पायो । उक्त गीतलाई दर्शकले निकै नै रुचाए । तर गीत सफल भैसक्दा पनि यो गीत विवादमा आयो । गलबन्दी गीतलाई चोरीको आरोप लागेको छ । शम्भू राईको तिहारको गीतको संगीतसँग गलबन्दी गीतको संगीत मिल्न गएपछि विवद सुरु भएको हो ।

यो कुरालाई दर्शकले सामान्य रुपमा लिएका थिए । सुरुमा शम्भू र प्रकाश पनि सहमतिमा नै पुगिसकेका थिए । तर गलबन्दी गीतलाई चोरीको आरोप लागेको कुराले भयानक रुप लिएको छ । शम्भू निकै आक्रोशित भइरहेका छन् । धेरै दर्शक र सर्जकले प्रकाशको साथ दिइरहदाँ पनि यो कुरा सल्टिएको छैन । शम्भूले प्रकाशलाई गलबन्दी गीतका संगीतकार भन्न नमिल्ने बताएका छन् ।

उनले आफूले सिर्जना गरेको संगीतको प्रयोग प्रकाशले गरेको हुनाले अब प्रकाशलाई मुद्दा हाल्ने बताएका छन् । शम्भूले सुरुमा मुघा हाल्ने कुरा गरेका थिएनन् तर अब उनले आफ्नो निर्णय परिवर्तन गरेका छन् । अझै यो गीतले कति भयानक रुप लिने हो त्यो भने हेर्न बाकिँ नै छ ।

प्रतिक्रिया दिनुहोस्