फेरि एकपटक बेहुली बनिन् स्वेता, तस्बिर भए भाइरल



०४ असार २०७६, काठमाडौँ

स्वेता खड्का यतिबेला अष्ट्रेलियामा छिन् । उनी एक च्यारिटि शो का लागि अष्ट्रेलिया गएकी थिइन् । अष्ट्रेलिया गएदेखि स्वेताले आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् ।

अहिले उनको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । तस्बिरमा स्वेतालाई दुलहीको भेषमा देख्न सकिन्छ । उनले बेहुली बनेर फोटोसुट गराएकी छिन् । रातो रङको लेहेङ्गामा स्वेता निकै राम्री देखिएकी छिन् । उनको तस्बिरमा सबैले राम्रो प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्