बिकिनी अबतारले खोसियो यी डाक्टरको मेडिकल लाइसेन्स



०३ असार २०७६, काठमाडौं

म्यान्मारकी एक २९ वर्षकी महिला डाक्टर नांग मी सानले आफ्नो फेसबुक अकाउन्टमा विभिन्न बोल्ड तस्बिर पोष्ट गरेकी छिन् जसमध्ये धेरैमा उनले बिकिनी लगाएकी छिन् ।उनका यी बोल्ड तस्बिरले उनलाई नै समस्यामा पार्यो । उनका तस्बिर म्यान्मार मेडिकल काउन्सिललाई पचेन र यहि निहुमा उनको डाक्टरको लाइसेन्स नै रद्द गरिएको छ ।

डाक्टर नांग मी सानले लाइसेन्स फिर्ता लिने काउन्सिलको निर्णयलाई गलत बताउँदै यसको कडा विरोध गरेकी छिन् र यसलाई व्यक्तिगत स्वतन्त्रतामा दखलदिएको संज्ञा दिएकी छिन् ।

काउन्सिलले नांगलाई नोटिस पठाउँदै यस्ता तस्बिर देशको संस्कृति विरोधी भएको बताउँदै यसैका कारण लाइसेन्स रद्द गरिएको जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्