अमिताभ बच्चनको पुरानो गाडी बिक्रिमा : मूल्य १० लाख भारु



०३ असार २०७६, काठमाडौं

हालै सामाजिक संजालमा एउटा समाचार सुन्न र हेर्न पाइन्छ । बलिउड महानायक अभिताम बच्चनको पुरानो गाडी बिक्रिमा राखिएको बारे ।

लामो समयसम्म बच्चन परिवारले चलाएको पुरानो मर्सिडिज–वेन्ज एस–क्लास ३५० एल लक्जरी सेडान १० लाखमा बिक्री भइरहेको छ ।

भारतमा पुरानो सामान खरिद विक्रिका लागि चर्चित अनलाईन साइट ओएलएक्समा अमिताभ बच्चनको पुरानो गाडी बिक्रीको लागि राखिएको हो । जसमा गाडीको मूल्य भारतीय रुपैयाँ ९.९९ लाख तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्