लोकसेवा आयोगद्वारा फारम भर्ने समयावधि थप (सूचनासहित)



०३ असार २०७६, काठमाडौं

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनमा फारम भर्ने उम्मेदवारको चाप अत्याधिक भई सर्भरमा समस्या देखिएपछि एक साताको लागि समयावधि थप गरेको छ ।

यसअघि मंगलबारसम्म फारम भर्ने समायवधि रहेकोमा आयोगले आज एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने जनाएको छ । त्यसपछि पनि फाराम भर्न चाहनेले असार १७ गतेसम्म दोब्बर दस्तुर तिरी फारम भर्न सकिने आयोगले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्