‘होस्टेल’ को तेस्रो सिरिजको लागि कलाकार खोज्दै सुनिल



०३ असार २०७६, काठमाडौँ

होस्टेल फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । होस्टेल ब्याक अगेन नाम जुराइएको फिल्मलाई दुर्गेश फिल्म्स र ब्ल्याक हर्स प्रोडक्सनले निर्माण गर्दैछ ।

फिल्मको सम्पूर्ण छायांकन अमेरीकामा हुनेछ । यो फिल्मको कथा निर्माता सुनिल रावल स्वयंको हो भने यसको संवाद, पटकथा रायन राइजले लेखिरहेका छन् । हाल स्क्रिप्टको काम भइरहेको सुनिलले जानकारी दिए ।

पहिलो सिरिजमा लिड हिरोको रुपमा अनमोल केसी थिए । यो फिल्म सफल भएपछि उनले पछाडि फर्किएर हेर्नु परेको छैन ।

दोस्रो सिरिजबाट भने लिड हिरोको रुपमा शुशिल श्रेष्ठ, नाजिर हुसेन लगायतका कलाकारले डेब्यु गरेका थिए ।

होस्टलको दुई वटै सिरिजमा नयाँ कलाकारलाई मौका दिएका निर्माता रावलले तेस्रो पटक पनि लिड रोलमा नयाँ कलाकारलाई नै अवसर दिने भएका छन् । यसका लागि अमेरीकामा अडिसन आह्वान गरिएको छ ।

रावलले हरेक देशबाट अमेरीका अध्यनका लागि गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य विषयवस्तु बनाएर कथा निर्माण हुन लागेको बताएका छन् । होस्टेल ब्याक अगेन यसै वर्ष प्रदर्शनमा आउने कुरा पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्