समता अस्पतालमा झुण्डिएको अवस्थामा भेटियो युवतीको शव



०३ असार २०७६, काठमाडौं

बौद्धस्थित समता अस्पतालमा रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुण्डिएको अवस्थामा फेला परेकी छिन् । विगत केही महिनादेखि उनी क्लिनरका रुपमा अस्पतालमा कार्यरत थिईन् ।

सोमबार बिहानदेखि सम्पर्क बिहिन रहेकी तामाङ मृत फेला परेपछि उनका आफन्तले अस्पतालमा नाराबाजी सहित तोडफोड गरेका छन् । मृतकका आफन्तहरु अस्पताल तोडफोड र ढुङ्गामुढामा उत्रिएपछि अस्पताल परिसरमा अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरिएको बौद्ध प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै विमलाको शव उठाउन दिएका छैनन् । उनीहरुले अस्पतालले नै हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्