राजेश हमालले हात झिकेपछि ‘प्रेमगीत ३’ मा शिव श्रेष्ठ बन्ने भए प्रदिपका पिता



०३ असार २०७६, काठमाडौँ

केहीदिन अघि चलचित्र प्रेमगीत ३ मा महानायक राजेश हमाल प्रदिपको पिताको भूमिकामा देखिने चर्चा चलेको थियो । राजेश सुरुमा चलचित्रमा काम गर्न राजी पनि भएका थिए तर पछि उनले आफ्नो समय नमिल्ने बताउँदै चलचित्रबाट हात झिके ।

राजेश हमालले चलचित्र प्रेमगीत ३ बाट हात झिकेपछि उनको ठाउँमा शिव श्रेष्ठको इन्ट्रि भएको छ । शिव श्रेष्ठ पनि कुनै समयका निकै चर्चित अभिनेता हुन् । उनले आफ्नो भूमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए ।

चलचित्रमा शिव राजाको भूमिकामा देखिदैँ छन् भने प्रदिप र नव नायक मनिष लिम्बु राजकुमारको भूमिकामा देखिदैँ छन् । चलचित्रको छायांकन दशैँपछि सुरु हुने बताइएको छ । चलचित्र प्रेमगीत ३ नवबर्ष २०७७ सालको अवसर पारेर चैत्र २८ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्