आफुभन्दा कम उमेरका श्रीमान भएका बलिउड अभिनेत्रीहरु



०३ असार २०७६, काठमाडौं

बिशेष त सेलिब्रेटिहरुको जिबनका हरेक घाटनाक्रमलाई चासोका साथ हेरिन्छ । त्यसमा पनि प्रेम, बिवाह सम्बन्ध विच्छेद, र विवाहित सेलिब्रेटीहरुको उमेर अन्तर जस्ता घटनाहरुले बढी चर्चा पाउने गरेको छ । आजकाल समाजमा उमेर अन्तर विवाह निकै देखिन्छ जसबाट बलिउड फिल्मनगरी पनि अछुतो रहन सकेको छैन ।

आज हामी ,सामान्यतया केटा भन्दा केटी नै कम उमेर को हुनुपर्ने सामाजिक मान्यता भएको हाम्रो समाजमा आफु भन्दा कान्छा पती छान्ने बलिउड नायिकाहरुको चर्चा गर्दैछौ ।

प्रियंका चोपडा – निक जोनस
बलिडकी निकै चर्चित नायिका प्रियंका चोपडाले आफु भन्दा १० बर्ष कान्छा अमेरिकन गायक निक जोनस संग विबाह गरेकी छिन् ।

ऐश्वर्या राय – अभिषेक बच्चन
बलिउडकी सून्दरी अभिनेत्री ऐश्वर्या रायले पनि आफु भन्दा २ बर्ष कान्छा अभिषेक बच्चनसंग विबाह गरिन् । अहिले उनिहरुको एक सुन्दर छोरी पनि छिन् ।

विपाशा वशु – करण सिंह ग्रोबर
विपाशा वशु पनि आफ्ना श्रीमान  करण सिंह ग्रोबर भन्दा ३ बर्ष जेठ्ठी छिन् ।

अमृता सिंह – सैफ अली खान
सैफ अली खान अमृता सिंह भन्दा १२ बर्ष कान्छा छन् । यध्यपी उनिहरुले सम्बन्धबिच्छेद गरिसकेका छन् ।

मलाइका अरोरा – अर्जुन कपुर
मलाइका अरोरा र  अर्जुन कपुरको सम्बन्धले आजभोलि सधैं बजार तातिरन्छ । चाडै विवाह गर्ने सोचमा रहेका उनिहरुको पनि उमेर अन्तर धेरै छ । मलाइका अर्जुन भन्दा ९ बर्ष जेठ्ठी छिन् ।

प्रतिक्रिया दिनुहोस्