अभिनेता करण माथि बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ



०३ असार २०७६, काठमाडौँ

अभिनेता करण ओबरोयमाथि बलात्कारको आरोप लगाउने महिला तान्त्रिकलाई सोमबार भारतको क्राइम ब्रान्चले पक्राउ गरेको छ ।

करणलाई ती महिलाले मे ६ मा बलात्कार तथा ब्ल्याकमेल गरेको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

करण ओबरोय एक महिनासम्म जेलमा बसेपछि गत हप्तामात्रै जमानतमा रिहा भएका छन् ।

प्रहरीले ती महिलालाई झुटो उजुरी दिएको र आफैमाथि हमलाको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार महिलाले २५ मेमा मूम्बईको लाखण्डवाला इलाकामा मर्निङ वक गएको बेला आफूमाथि हमला गराएकी थिइन् । यतिमात्र नभएर उनीहरुले अभिनेताविरुद्ध दर्ता गरेको मुद्दा फिर्ता नलिए तेजाबले आक्रमण गर्ने धम्की समेत दिएको बताइएको थियो ।

दुई दिनपछि सिसिटीभिको मदतले पुलिसले हमलामा संलग्न चार युवकलाई प्रकाउ गरेपछि सबै कुरा खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्