अज्ञात समूहले सल्यानको वडा कार्यालय जलाउँदा महत्वपूर्ण कागजात जलेर नष्ट



०३ असार २०७६, काठमाडौँ

आगलागीका कारण छत्रेश्वरी गाउँपालिका वडा नं. ३ को मुलखोलामा रहेको वडा कार्यालय सँगै त्यहाँ रहेका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।

मंगलबार विहान १ बजे स्थानीय एक महिलाले वडा कार्यालयमा आगो लागेको देखेपछि गाउँलेलाई खबर गरेकी थिइन ।

घटनास्थल बाट फर्केका एक स्थानीय केन्द्रराज बुढाथोकीले पहिला ढुङ्गाले ताल्चा फोडेर भित्र प्रवेश गरेर सबै कागजात एकै साथ जम्मा गरेर आगो लगाएको देखिएको बताए ।

वडा कार्यालयको दुुई वटा कोठामा रहेका महत्वपूर्ण कागजात संगै ल्यापटप, कम्पुटर, सोलार प्यानल, फोटोकपी मेसिन, कुर्सी जस्ता सामानलाई आगो लगाउने समुहले एकै ठाउँमा जम्मा गरेर आगो लगाएको छ ।

नेत्र विक्रम चन्द्र (विप्लव) समुहले आगो लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

आगलागी स्थलमा अहिले सल्यानका प्रहरी प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाही, ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृवमा प्रहरी टोली त्यहाँ पुगेको स्थानीयले जानकारी दिएका छन् ।

घटनाबारे प्रहरीले सोधपुछ र अनुसन्धान सुरु गरेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्