बेली डान्स गर्न नजान्दा दर्शकले उडाए जान्वीको मजाक



०३ असार २०७६, काठमाडौँ

जान्वी कपुर पछिल्लो समयकी निकै चर्चित बलिउड अभिनेत्री हुन् । उनले चलचित्र धडक बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । पहिलो चलचित्रबाट नै उनले दर्शकको अत्याधिक माया पाउन सफल पनि भइन् ।

जान्वी कपुर बेला बेलामा ट्रोलको शिकार बन्ने गरेकी छिन् भने कहिले छोटा लुगा लगाएको कारण आलोचित बन्ने गरेकी छिन् । यस्तै यतिबेला पनि उनी सामाजिक सञ्जालमा निकै भाइरल भएकी छिन् । यतिबेला भने जान्वीले डान्स गर्न नजानेको भन्दै दर्शकले उनको मजाक उडाएका छन् । जान्वीले एक गीतमा बेली डान्स गरेकी थिइन् ।

उनले त्यति बेली डान्स गर्ने गरेकी छैनन् । त्यसैले उनलाई बेली डान्स गर्न असहज भएको हुनसक्छ । तर दर्शकले उनलाई उनको बेली डान्स नभएको भन्दै  निकै गाली गरेका छन् । कत्तिले जान्वीलाई डान्स गर्न नआउने पनि बताएका छन् । जान्वीले यसबारे कुनै प्रतिक्रिया दिएकी भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्