‘अब एक्सन चलचित्रमा काम गर्न मन छ’ : आँचल शर्मा



३ असार २०७६, काठमाडौँ

आँचल शर्माको व्यस्तता पछिल्लो समयमा बढ्दो छ । उनी चलचित्र तथा म्यूजिक भिडियोमा निकै व्यस्त छिन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र दाल, भात, तरकारी प्रदर्शनमा आएको थियो । अहिले आँचल कुनैपनि चलचित्रमा व्यस्त छैनन् ।

आँचलले अब आफूलाई एक्सन चलचित्र काम गर्न मन भएको बताउँदै आएकी छिन् । आँचलले अरु भूमिका त निभाउँदै आएको तर अब एक्सन गर्लको रुपमा प्रस्तुत हुन रहर लागेको बताएकी छिन् । उनले नारीप्रधान चलचित्रमा काम गर्न चाहना व्यक्त गरेकी छिन् । आँचलको यो इच्छा कत्तिको पुरा हुने हो त्यो हेर्न भने केही समय पर्खनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्