तान्त्रिकसंग यौन सम्पर्क गर्न नमानेपछि क्रुर पतीले गरे पत्नीको हत्या



०२ असार २०७६, काठमाडौं

भारत उत्तर प्रदेशको आग्रामा एक पतिले आफनै पत्नीको हत्या गरेका छन् । हत्या गरेपछि पक्राउ परेका उनको बयान सुन्दा मानिसहरु सबै छक्क परेका छन् । पतीले पत्नीलाई तान्त्रिकसंग यौन सम्पर्क गर्न भन्दा पत्नीले नमानेपछि उनले आफनै पत्नीको हत्या गरेका हुन् ।

धनी हुने आशामा ३५ वर्षीय मानपाल सिंहले ३२ वर्षीया पत्नी रजनीलाई तान्त्रिकसंग शारिरिक सम्पर्क गर्न भनेका थिए । तर, उनी नमानेपछि पतिले हत्या गरेका थिए । उनले रजनीलाई गंगा नदिमा डुबाएर हत्या गरेका थिए । ९ वर्ष अघी विवाह गरेका उनीहरु बिचको सम्बन्ध पनि राम्रो नै रहेको बताइएको छ । घटनापछि उनका पती र तान्त्रिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्