संसारकै सुन्दरी नायिका बनिन् दीपिका पादुकोण



०२ असार २०७६, काठमाडौं

बलिउड बक्स अफिसमा सय करोड क्लबकी रानी भनेर परिचय बनाएकी नायिका दीपिका पादुकोणका प्रशंसकहरुलाई खुशीको खबर आएको छ । हालै प्रकाशित अब्जर्भर डनको समाचार अनुसार उनी विश्वको सुन्दर महिलाको सूचीमा एक नम्बरमा पर्न सफल भएकी हुन् ।

आफ्नो अभनय तथा सुन्दर फिगरका कारण सधैंजसो लाईमलाईटमा रहने दीपिकाले हलिउड नायिकाहरु कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई पछि पार्दै यो उपाधि चुमेकी हुन् ।

बलिउड नायिका दीपिका पादुकोणले आफूलाई बलिउडमा मात्र नभई हलिउडमा समेत स्थापित गराईसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्