फोहोरको थुप्प्रोमा भेटिएकी थिइन् मिथुन चक्रवर्तीकी छोरी, अरु को को छन् त धर्मपुत्र पाल्ने बलिउडका कलाकारहरु !



०२ असार २०७६, काठमाडौं

बलिउडका कलाकारहरु धर्मपुत्र बनाउन माहिर छन् । कतिपय बलिउडका चर्चित कलाकारहरुले त आफ्नो बिहे अगाडि नै बच्चालाई धर्मपुत्र बनाएका छन् भने कत्तिले बिहे पछाडि पनि धर्मपुत्र पालेका छन् । भारतमा हिजो १६ जुनमा अन्तर्राष्ट्रिय फार्दर्स–ड मनाइँएको छ । यसै अवसरमा हामी धर्मपुत्र पाल्ने केहि बलिउड कलाकारको बारेमा चर्चा गर्दैछौ ।

मिथुन चक्रवर्ती
मिथुन चक्रवर्तीले छोरी ईशानीलाई धर्मपुत्री बनाएर ल्याएका थिए । उनले ईशानीलाई फोहोर फ्याँक्ने भाँडोमा भेट्टाएका थिए । उनले फोहोरको भाँडोमा बच्चा देखेपछि श्रीमती योगितासँग सल्लाह गरेर धर्मपुत्रीको रुपमा घरमा भित्र्याएका थिए । उनले ईशानीको लालनपालनमा पूरा ध्यान दिए । अहिले ईशानी ठूली भइसकेकी छिन् ।

सन्दीप सोपारकर
सन्दीप सोपारकरले बिहे अगाडि नै धर्मपुत्र छोरा पालेका थिए । उनले एक्लै उक्त सन्तानको स्याहार गरे । उनले छोराको नाम अर्जुन राखेका छन् । धर्मपुत्र बनाएको केहि समयपछि उनले प्रेमिका मोडल जैश रन्धावासँग बिहे गरे । अहिलै दुवै मिलेर अर्जुनको स्याहार गर्दैछन् ।

सुभाष घई
‘शो म्यान’को नामले चर्चित फिल्म निर्देशक सुभाष घई र उनकी श्रीमती मुक्ता घईले मेघा नामकी छोरीलाई धर्मपुत्रीको रुपमा घर ल्याएका थिए ।
निखिल आडवाणी
‘कल हो न हो’, ‘सलामे इश्क’, ‘डी–डे’ जस्ता फिल्मको निर्देशन गरेका निर्देशक निखिल आडवाणी र उनकी पत्नी सुपर्णा मिलेर एक बच्चीलाई धर्मपुत्रीको रुपमा लिएका थिए । उनीहरुले एक असल पिता र आमाको भूमिका निर्वाह गरिरहेका छन् ।

दिवाकर बनर्जी
‘खोसला का घोसला’, ‘शंघाई’, ‘लस्ट स्टोरीज ९वेब सीरीज०’ र ‘बम्बे टकिज’ जस्ता फिल्मको निर्देशन गरेका दिवाकर बनर्जी र उनकी श्रीमती रिचाले मुम्बईको एउटा अनाथालयबाट एक सानी बच्चीलाई धर्मपुत्रीको रुमपा ल्याएका छन् । उनीहरु अहिले उनै सानी बच्चीको साथमा मस्ती गरिरहेका देखिन्छन् ।

कुणाल कोहली
फिल्म ‘क्रिटिक’बाट निर्देशक, निर्माता बनेका कुणालले बलिउडमा थुप्रै सफल फिल्म दिएका छन् । उनले रवीना कोहलीसँग बिहे गरेका छन् । रवीना ‘कफि विथ करन’ की निर्देशक हुन् भने यशराज टीवीकी प्रमुख हुन् । उनीहरुले बिहेपछि राधा कोहलीलाई धर्मपुत्रीका रुपमा पालेका छन् ।

प्रतिक्रिया दिनुहोस्