‘मेरो फिल्ममा हिरोइनको अङ्गप्रदर्शन हुँदैन’ : सलमान खान



०१ असार २०७६, काठमाडौँ

सलमान खान बलिउडका स्टार हुन् । उनका फ्लप चलचित्र खोज्न समय लाग्छ । उनको नामले मात्र पनि बलिउडमा चलचित्रले रेकर्ड तोड व्यापार गरिरहेका हुन्छन् । यतिबेला उनी अभिनीत चलचित्र भारत ले बलिउडमा तहल्का मच्चाइरहेको छ । चलचित्र भारत ले धेरै रेकर्डहरु पनि तोडिरहेको छ । यसैबिच सलमानले केही कुरा भनेका छन् ।

सलमानले अहिलेसम्म चलचित्रमा किस सिन दिएका छैनन् र उनी आफ्नो चलचित्रमा त्यस्तो सिन कहिल्यै पनि नहुने बताउँछन् । त्यतिमात्र नभएर सलमान उनी अभिनीत चलचित्रमा नायिकालाई धेरै छोटा कपडा लगाउन पनि दिदैँनन् । चलचित्र एक था टाइगर को छायांकनको समयमा कट्रिनाले छोटो कपडा लगाएर आउँदा सलमानले उनलाई थप्पड हानेका थिए । यो कुराले उनी आलोचित समेत बनेका थिए ।

सलमान आफ्नो चलचित्रमा नायिकाले अङ्ग प्रदर्शन गरेको मन नपराउने बताउँछन् । सलमानले आफूसँग काम गर्ने अभिनेत्रीलाई यो कुराको जानकारी पनि दिएका हुन्छन् । उनी आफ्नो चलचित्रमा कहिल्यै पनि अङ्ग प्रदर्शनको सिन नहुने भएकाले नायिकालाई त्यो कुराको जरुरत नपर्ने पनि बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्