बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले खाईन् बाँदर्नीको थप्पड



०१ असार २०७६, काठमाडौँ

प्रियंका चोपडा विवाहपछि अहिले अमेरिकामा आफ्ना श्रीमानसँग बस्दै आएकी छिन् । उनी बलिउडकी चर्चित नायिका हुन् । सन् २००० की मिस वल्र्ड समेत रहेकी चोपडाले आफ्नो निजी जीवनका सबै रहस्य उजागर गर्ने गरेकी छिन् ।

प्रियंकाले हालै भएको एक अन्तवार्तामा आफूलाई एक बाँदर्नीले थप्पड हानेको रहस्य खोलिन् ।

उनले आफ्नो बाल्यकालको घटना सुनाउँदै तीन क्लासमा हुँदा स्कूलको एउटा रुखमा बाँदर्नी देखेको बताइन् । बाँदर्नीले आङ कन्याइरहेको देखेपछि प्रियंका पेट मिचीमिची हाँस्न थालिन् । बाँदर्नीले प्रियंका हाँसेको देखेपछि अचानक रुखबाट ओर्लिएर उनी नजिक आएर एक थप्पड हानेर फेरि रुख चढेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्