राजेश हमाललाई पिट्न चाहान्छिन् सुशील पोख्रेलकी कान्छी छोरी !



०१ असार २०७६, काठमाडौँ

सुशील पोख्रेल नेपाली सिने नगरीमा एक चर्चित अनुहार हो । विशेष गरी खलनाएकको क्रुर भूमिकामा देखिने उनी वास्तविक जीवनमा भने निकै सरल र नम्र छन् ।

पछिल्लो समय ढाड र खुट्टामा आएको समस्याका कारण सिनेमा क्षेत्रमा पहिलेजस्तो सक्रिय नभए पनि बेलाबखतमा उनी सिनेमामा आइरहेका हुन्छन् । सिनेमाको खलनायक बनेर लगभग तीन सय बढि सिनेमामा काम गरिसकेका पोख्रेलका २ ओटी छोरी छन् । एउटी मास्टर्स गर्दैछिन्, कान्छी छोरीले भरखरै एसईई दिएकी छिन् ।

एक दिन उनले परिवारसँगै आफ्नो सिनेमा हेरेका थिए । सिनेमाको अन्त्यमा उनलार्ई राजेश हमालले रगताम्मे हुने गरी पिट्ने सिन थियो । उनकी कान्छी छोरी राजेश हमालले पिटेको देखेर जोड जोडले रोएकी थिईन् । रुदै गरेकी छोरीले उनलाई भनेकी थिइन्, ‘राजेश हमाल भन्ने मान्छे को हो ? मलाई भेटाइदिनुस् म पनि त्यसलाई पिट्छु ।’

प्रतिक्रिया दिनुहोस्