अन्ततः ३७० दिनको संघर्षपछि कृष्ण ओली आफ्नै खुट्टाले हिड्न सफल



०१ असार २०७६, काठमाडौँ

पछिल्लो समयमा सामाजिक सञ्जालमा कृष्ण ओली र रुपा ओलीको चर्चा जताततै छ । कृष्णको हात र खुट्टा जोड्नको लागि देश तथा विदेशमा रहेका नेपालीले सक्दो सहयोग गरेका छन् । त्यही साथ र सहयोगका कारण आज कृष्ण ओली हिड्न सक्ने भएका छन् ।

अन्ततः धेरै दिनको अथाह प्रयासपछि कृष्णको खुट्टा जोडिएको छ । उनी ३७० दिनपछि आफ्नै खुट्टामा हिड्न सक्ने भएका छन् । कृष्ण र रुपाले सबैको सहयोग र मायाको लागि भावुक हुँदै धन्यवाद समेत दिएका छन् ।

उनी अहिले विहान विहान उठेर हिड्ने गरेका छन् । हुन त धेरै हिड्दा उनको खुट्टालाई असर पर्न सक्छ । तर अलि अलि गर्दै उनले आफ्नो खुट्टा मजबुत बनाउने कोशिस गरिरएका छन् । यो कृष्ण र रुपाका फ्यानका लागि निकै खुसीको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्