‘नेपाल आएर प्रस्तुती दिन पाउँदा निकै खुसी छु’ : नेहा कक्कर



३२ जेठ २०७६, काठमाडौँ

नेहा कक्कर केही समय अघि नेपाल आएकी थिइन् । उनी पहिलो पटक प्रस्तुतीको लागि नेपाल आएकी थिइन् । नेहाले ठमेलमा लाइभ कन्सर्ट प्रस्तुती दिएकी थिइन् । उनलाई हेर्नको लागि २५ सय बढी दर्शकको उपस्थिति रहेको थियो ।

नहाका फ्यान इन्डियामा मात्र नभएर नेपालमा पनि उत्तिकै रहेका छन् । नेहा स्टेज चढेपछि त्यहाँको माहोल नै अर्कै भएको थियो । नेपालीले दिएको साथ देखेर उनी आफैँ छक्क परिन् । नेहाले आफूले अहिलेसम्म धेरै ठाउँमा प्रस्तुती दिइसकेको तर नेपालको जस्तो क्राउड अन्त कतै नभेटेको समेत बताइन् ।

नेहाले नेपालमा आएर प्रस्तुती दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् । उनले सबैलाई आफूलाई माया गरेकोमा धन्यवाद समेत दिइन् । नेहाले आफ्ना सुपरहिट गीतहरु गाएकी थिइन् । उनको प्रस्तुतीमा दर्शक निकै झुमिरहेका थिए । अहिले उनी इन्डिया फर्किसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्