एक्कासी बृद्धि गरिएको गाडीभाडा सरकारद्वारा फिर्ता



३१ जेठ २०७६, काठमाडौं

सार्वजनिक यातायातमा एक्कासी बृद्धि गरेको गाडीभाडा सरकारले फिर्ता लिएको छ ।

यातायात विभागले देशभर नयाँ भाडादर समेत सार्वजनिक गर्दै बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेको ५ घण्टा नवित्दै सरकारले उक्त निर्णण फिर्ता लिएको हो ।

निर्णय गरेको केही घण्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको थियो । यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले भने, ‘हाललाई थप छलफल गर्ने गरी स्थगन गरेका हौं ।’

भाडा बढाउने निर्णय गरे लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको विभागस्रोतले जनाएको छ ।

बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुँने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्