नेपाल आउँदैँ चर्चित गायक उदित नारायणका छोरा आदित्य, काठमाडौँमा लाइभ प्रस्तुती दिने



३१ जेठ २०७६, काठमाडौँ

आदित्य नारायण झा बलिउड तथा नेपालका चर्चित गायक उदित नारायण झा र दिपा झा का छोरा हुन् । उनी भारतमा नै जन्मेका र हुर्केका हुन् । आदित्य आफ्नो पुरा परिवार सहित भारतमा नै बस्दै आएका छन् । उनी गायक मात्र नभएर एक्टर पनि हुन् । उनले सानो उमेरदेखि नै चलचित्रमा काम गर्दै आएका छन् ।

आदित्यले कुसुमे रुमाल गीत मार्फत पाश्र्व गायन सुरु गरेका थिए । उनी केही समय अघि नेपाल आएका थिए । आदित्य फेरि प्रस्तुतीको लागि नेपाल आउने भएका छन् । उनी लाइभ कन्सर्ट का लागि नेपाल आउन लागेका हुन् । आदित्य जुलाईमा नेपाल आउँदैछन् । उनले काठमाडौँस्थित ठमेलमा प्रस्तुती दिनेछन् । आदित्यले आफ्ना हिट हिन्दी र नेपाली गीतमा प्रस्तुती दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्