यी बलिउडका चर्चित नायिकाहरु, जो कुनै समयमा अक्षयका प्रेमिका थिए



३० जेठ २०७६, काठमाडौँ

अक्षय कुमार बलिउडका निकै नाम चलेका अभिनेता हुन् । उनी बलिउडमा आएको धेरै समय भैसकेको छ । उनले बलिउडमा धेरै हिट चलचित्रहरु पनि दिएका छन् । अक्षय बलिउडमा खेलाडी अभिनेताको रुपमा चर्चित छन् ।

उनका धेरै चलचित्र सफल भएका कारण उनलाई खेलाडी भनिएको हो । तर अक्षय चलचित्रको मामिलामा मात्र नभएर प्रेमको मामिलामा पनि खेलाडीको रुपमा नै परिचित छन् । उनले कुनै समयमा बलिउडका निकै नाम चलेका अभिनेत्रीसँग रोमान्स गरेका थिए ।

अक्षय कुमार कुनै समयमा नायिका रविना टंडनको प्रेममा थिए । रविना र अक्षयको नाम अहिले पनि जोडिएर आउने गरेको छ । रविना र अक्षय करिब ४ बर्ष प्रेमसम्बन्धमा रहे । उनीहरुको विवाह हुने पनि कुरा थियो । तर अक्षयको झुटो बोल्ने बानीका कारण उनीहरु अलग भए ।

यस्तै बलिउडकी अर्की चर्चित नायिका रेखासँग पनि अक्षयको प्रेमसम्बन्ध थियो । यो कुरालाई रेखा स्वयमले स्वीकार गरेकी छिन् । अक्षयको अफेयर कुनै समयमा चर्चित नायिका शिल्पा शेट्ठीसँग पनि थियो । शिल्पा र अक्षय निकै गहिरो प्रेममा थिए । तर पछि अक्षय शिल्पाकी बेष्ट फ्रेण्ड ट्वीङ्कल खन्नासँग नजिक हुन थाले र शिल्पालाई धोका थिए ।

पछि अक्षयले ट्वीङ्कलसँगै विवाह पनि गरे । अहिले अक्षय र ट्वीङ्कलका दुई सन्तान पनि छन् । तर अक्षयको लब लाइफ विवाहपछि भने खत्तम भने भएन । विवाहपछि पनि उनी प्रियंका चोपडासँग प्रेममा थिए । पछि ट्वीङ्कलका कारण अक्षय र प्रियंकाले अलग बाटो रोजेका थिए । यी बाहेक पनि अक्षयले धेरै युवतीलाई आफ्नो प्रेममा फसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्