चर्चित बलिउड सेलिब्रिटीहरु जस्को मृत्युको झुटो खबरले सामाजिक संजालमा खैलाबैला मच्चियो



३० जेठ २०७६, काठमाडौँ

बलिउड फिल्मी नगरी सधै केही न केही भ्रामक कुराले तातिरहने गर्छ । सेलिब्रिटीको ब्रेकप, प्याचप, विवाह, सम्बन्ध बिच्छेद देखि लिएर मृत्यु सम्मकोको गसिप बन्नु कुनै नयाँ कुरा होइन । हालसालै ऋतिक रोशनकी दिदी सुनैनाको स्वास्थ्य अत्यधिक नाजकु भएको खबर फैलिएको थियो । यसबारे उनी आफैले सकुशल भएको र अस्पतालमा भर्ना नभएको स्पष्टिकरण दिईसकेकी छन् ।

यो हुनु कुनै नौलो घटना भने होइन, यसअघि पनि अमिताभ बच्चन, ऐश्वर्या राय, लता मंगेशकर, शाहरुख खान र माधुरी दिक्षितको मृत्युको भ्रामक गसिपले पनि सोसल मिडियामा सनसनी मच्चाएको थियो। आज हामी मृत्युको झुटो खबर पैmलने बलिउड सेलिब्रेटीहरुको बारेमा चर्चा गर्दैछौ ।

अमिताभ बच्चन
सन् २०१२ मा बलिडका महानायक अमिताभ बच्चनको एक कार दुर्घटनामा मृत्यु भएको खबर आएको थियो जुन निकै भाइरल भयो तर खबर सार्वजनिक भएको केही समयपछि नै यो गलत साबित भयो ।

ऐश्वर्या राय
केही वर्ष अघि अमिताभ बच्चन र जया बच्चनसँग एक विवादका कारण ऐश्वर्याले आत्महत्याको कोसिस गरिन् भन्ने भ्रामक खबरले सनसनी मच्चाएको थियो।

माधुरी दिक्षित
यस्तै भ्रामक खबरबाट माधुरी दिक्षित पनि शिकार भइसकेकै छिन् । हृदयघात भएका कारण माधुरी दिक्षितको निधन भएको झुटो खबरले सोसल मिडिया तातेपछि माधुरी आफैंले आफ्नो मृत्युको खण्डन गरेकी थिइन् ।

रजनीकान्त
रजनीकान्त सन् २०१२ मा ब्रोनकाइटिस र भाइरल इन्फेक्सनका कारण अस्पताल भर्ना भएका थिए । त्यति बेला उनको निधनको अफवाह फैलिएको थियो ।

कट्रिना कैफ
सन् २०१३ मा एक फेसबुक पेजले कट्रिना कैफको मृत्युको खबर दिएको थियो । पछि कट्रिनाका प्रतिनिधीले उनी पूर्ण रुपमा स्वस्थ भएको स्पष्टिकरण दिएका थिए ।

शाहरुख खान
एक युरोपियन न्यूज नेटवर्कको रिपोर्टमा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको दाबी थियो ।

लता मंगेशकर
यस्तै लता मंगेशकरको निधनको अफवाहले पनि सोसल मिडियामा तहल्का मच्चाएको थियो । पछि लता आफैंले ट्वीटरमार्फत् उक्त खबरलाई गलत साबित गरिदिईन् ।

दिलिप कुमार
दिलिप कुमारको निधनको खबर एकपटक होइन धेरैपटक फैलिसकेको छ ।

यस्तै हनी सिंह, शक्ति कपुर, आयुष्मान खुराना, नाना पाटेकर, आशा पारेख र बप्पी लहरीसम्मको मृत्युको गलत खबर फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्